तेलबाली - तोरी, सर्स्यु तथा रायो

तोरी तथा रायोको खास बाली काट्ने समय कुन हो जसले गर्दा दाना झर्ने समस्या नहोस ?

कोसाहरु खुल्नु भन्दा केहि अगाडी जब पहेंलो। खैंरो रंगका हुन्छन् तोरी तथा रायो बाली काट्ने समय हुन्छ,जसले गर्दा दानाहरु झर्नबाट बच्दछन । तोरी र रायो सस्र्यु भन्दा बढी झर्दछ र राम्ररी ख्याल गर्नु पर्दछ । काटीसकेपछि ५–६ दिनसम्म राखी चुटेर दाना झार्नु पर्दछ र सुकाई थन्क्याउनु पर्दछ । भण्डारण गर्न पर्दा दानाको चिस्यान १०५ भन्दा बढी हुनु हुँदैन ।

रायो बालीमा लाग्ने झुसिल कीराको प्रकोपको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

यो कीराको लाभ्रेले शुरुमा झुण्डम केहि बोटको पातमा बसी कोत्रेर खान्छ । पछि लाभ्रेहरु फैलिएर पात तथा कोसाहरुमा खान थाल्दछ ।

ब्यवस्थापन

  • कीराको नियन्त्रणको लागि शुरुमा लाभ्रेको झुण्डलाई पातसंगै टिपी नष्ट गरी दिने।
  • प्रकोप बढि भएमा १.५ मि.लि. थायोडन प्रति लिटर पानीका दरले घोली मध्यान्हमा छर्ने ।
रायोमा सेतो फोके वा ह्वाईट ब्लिक्टर भन्ने रोगको लक्षण कस्तो हुन्छ र कसरी नियन्त्रण गर्ने ?

यो रोग लागेमा विरुवाका पात, डाँठ र फुलमा सेतो फोका देखिन्छन् र पछि ति फोकाहरु फुटेर सेतो धुलो छरिन्छन्। फुलहरु विकृत भई दाना लाग्दैन ।

ब्यवस्थापनका उपायहरुः

  • बाली समयमा लगाउने।
  • रोगी विरुवालाई उखेली जलाउनु पर्दछ र जमिन सफा राख्ने।
  • ०.२५ जिनेब विषादी तुरुन्त छर्ने र आवश्यकता अनुसार १० दिनको फरकमा पुनः छर्ने । वा
  • मेटालाकसिल (रिडोमिल) ०.०५५ एक मि.लि. लिटर प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्नाले प्रभाबकारी रुपमा नियन्त्रण भएको पाईएको छ ।
यी बालीहरुमा लाग्ने डाउनी मिल्ड्यू रोगको लक्षण कसतो हुन्छ र कसरी ब्यवस्थापन गर्ने ?

यो रोग लागेको विरुवाको पातको माथिल्लो भागमा पहेंला धब्बाहरु देखिन्छन् भने त्यसको ठीक मुनी सेतो ढुसी पलाएको देखिन्छ । रोगको आक्रमण बढी भएमा फुलमा पनि असर गर्दछ । फुलहरु विकृत भई बटारिएको देखिनुका साथै सेतो धुलोले ढाकिएको हुन्छ । यस्ता फुलमा कोसा लाग्दैन ।

तोरी तथा रायोमा डढुवा रोगको लक्षणहरु कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने ?

ढुसीबाट लाग्ने यो रोगले पुराना पातमा आक्रमण गर्न शुरु गर्दछ । साना गोला खैरा थोप्लाहरु पातमा देखिन्छन्,पछि यी थोप्लाहरु मिल्छन् र पातनै मर्दछ । कोसामा रोग सरेमा साना, नराम्रा र चाउरिएका दाना फल्छन्।

व्यवस्थापन विधि

  • म्यान्कोजेब ७५ डब्लु.पी. विषादी ३ ग्राम प्रति किलो ग्राम वीऊका दरले उपचार गरी वीउ छर्ने ।
  • म्यान्कोजेव ७५ डब्लु.पी. वा कपरअक्सिकलोराईड ५० डब्लु पी ढुसीनाशक विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्ने ।
तोरी तथा रायोलाई झारपात नियन्त्रणको कत्तिको आवश्यकता पर्दछ र के उपायहरु हुन्छन् ?

झारपातले उत्पादनमा २०–३०५ सम्म ह्रास ल्याएको पाईन्छ । बालीको शुरु अवस्थामा नै झारपात नियन्त्रण गर्नु पर्दछ । यसका लागि मानिसद्वारा वा साना गोडमेल गर्न यन्त्र प्रयोग गर्न सकिन्छ । झारमार्ने औषधी प्रयोग गर्नुपर्दा ३३ ग्राम आईसो प्रोटुरन दवाई २७–३३ लिटर पानीमा मिसाई १ कट्टा बालीमा झार उम्रनु भन्दा पहिले छरेमा झार नियन्त्रणमा सहयोग पुग्दछ ।

 

यी बालीहरुमा सिंचाई गर्नु पर्दछ कि पर्दैन ? परेमा कहिले सिंचाई गर्ने ?

साधारणतया बर्षे पानी संचित भएको चिस्यानमा यो बाली लगाईन्छ र बर्षाको पानीकै आशमा कृषकहरु निर्भर रहन्छन्। तर यी बालीहरुलाई पनि फुल खेल्ने र कोसा भरिने बेला चिस्यान चाहिन्छ र सिंचाई दिनु पर्दछ, जसले गर्दा राम्रो उतपादन लिन सकिन्छ ।

यी बालीहरुमा मुख्य तत्व भएको मलखाद बाहेक अन्य मलखाद केहि प्रयोग गर्नु पर्दछ ?

सबै बालीहरुका लागि मुख्य तत्वहरु नाईट्रोजन, फस्फोरस र पोटासको आवश्यकता पर्दछ र यिनहिरुको पूर्तिका लागि डि.ए.पी., यूरिया र पोटास दिइन्छ । तर यी बालीहरुमा यी तत्व बाहेक सल्फरको बढिनै आवश्यकता पर्दछ । त्यसैले सल्फरको पूर्तिका लागि १५ के.जी. सल्फेक्स प्रति हेक्टरका दरले जमिन तयारीकै बेलामा प्रयोग गर्नु पर्दछ ।

तोरी तथा रायोमा मलखादको कति मात्रा प्रयोग गर्नु पर्दछ ?

भएसम्म कम्पोष्टमल वा गोबरमल प्रयोग गर्नु पर्दछ । यस बाहेक यी बालीहरुका लागि नाईट्रोजन, फस्फोरस र पाटास क्रमशः ६०–८०, ४०–२० के.जी÷हेक्टर प्रयोग गर्नु पर्दछ । माथिको सिफारिस पुरा गर्न यूरिया ९६ के.जी.,डि.ए.पी. ८७ के.जी. र पोटास ३३ के.जी. प्रति हेक्टर (डेढ विगाहा) का दरले प्रयोग गर्नु पर्दछ । सिंचाईको ब्यवस्था नभएमा माथिको मात्राको आधा मात्र प्रयोग गर्नु पर्दछ । यूरिया बाहेक सबै मल जमिन तयारीकै बेलामा प्रयोग गर्नु पर्दछ । यूरियामा आधा जमिन तयारी गर्दा र चौथाई चौथाई गरी सिंचाई गरेपछि प्रयोग गर्नु पर्दछ ।

रायोमा सिफारिस जातहरु के के हुन ?

रायोका लागि पुसावोल्ड र कृष्ण भन्ने जात सिफारिस गरिएको छ ।

तोरीमा सिफारिस जातहरु के के हुन ?

तोरीका लागि ६ जातहरु उन्मोचन भएका छन्। ती हुन्ः विकास, लुम्ले १, प्रगति, उन्नति, प्रीति र मोरंग तोरी २ । यस बाहेक हाइव्रिड जे.वाई. १६ पंजिकरण गरी कृषकलाई खेती गर्न अनुमति दिइएको छ ।

तोरी तथा सस्र्यंूका उपयुक्त बाली चक्रहरु के हुन् ?

तोरी छिटो पाक्ने बाली भएकाले दुइ बालीहरको बीचमा हिउँदे समाल्ने बालीका रुपमा निम्नानुसार लगाईन्छ ।

  • मकै–तोरी–गहुँ
  • मकै–तोरी–उखु
  • मकै–तोरी–आलु तरकारी आदी ।

यसै गरी सस्र्यु भने एकल बालीको रुपमा निम्नानुसार लगाईन्छ ।

  • असिंचित क्षेत्रः मकै – सस्र्यु

 धान (चांडै पाक्ने) – सस्र्यु

  • मास र भटमास–सस्र्यु

तोरी तथा सस्र्युलाई गहुँ, जौ तथा चनासँग मिश्रीत बालीका रुपमा पनि लगाईन्छ ।

कस्तो माटोमा तोरी तथा सस्र्यु बाली राम्रो हुन्छ ?

सबै किसिमका माटोमा लगाउन सकिन्छ तर हल्का दोमट माटोमा राम्रो हुन्छ । माटोको पिएच न्युट्ल हुनु पर्दछ र हल्का क्षारीय (द्यबकष्अ) माटो पनि सहन सक्छ । माटोमा पानी जम्नु हुँदैन ।

तोरी तथा सस्र्युबालीहरुले कस्तो हावापानीमा राम्रो उत्पादन दिन्छन् ?

तोरी तथा सस्र्यु बाली तराई तथा पहाड दुवै हावापानीमा लगाउने बालीहरु हुन । कम तापक्रम, सफा सुखा मौसम, प्रशस्त घाम र उपयुक्त चिस्यान भएको अवस्थामा तेल उत्पादन राम्रो हुन्छ, यी बालीहरु यस्तो हावापानी भएको क्षेत्रमा लगाउनु पर्दछ । पानी जम्नु हुँदैन तर हल्का सिचाई दिनु पर्दछ ।

तेल उत्पादन गर्ने तोरी, सस्र्यु तथा रायो बालीहरुमा के फरक छ र सरल भाषामा कसरी पहिचान गर्ने ?

ब्रासिका ‘जेनस‘ भित्र व्रासिका कम्पेस्ट्रीस र व्रासिका जुनसिया दुई समूहहरु छन । पहिलो समूह व्रासिका कम्पेस्ट्रीस अन्तरगत ‘सस्र्यु‘ र तोरी पर्दछन् र यसलाई अंग्रेजीमा च्बउभ कभभम भनिन्छ । यो व्रासिका जुनसिया (ःगकतबचम) समहभन्दा होचो हुन्छ । पात नरम र साना–साना भुत्ला भएका हुन्छन र बीउको रंग पहेंलो वा खैरो हुन्छ र वाहिरी भाग चिप्लो हुन्छ । तर व्रासिका जुनसिया जसलाई अंग्रेजीमा ःगकतबचम भनिन्छ र यसलाई राई वा लाहा पनि भनिन्छ । यसको बोट अग्लो हुन्छ र हाँगाहरु लाग्दछ । कोसाहरु छोटो र सुरिलो हुन्छन् र बीउ खैरो वा गाढा खैरो हुन्छ र वाहिरी भाग खस्रो हुन्छ ।