पशुपन्छी पालन - कुखुरा

व्रोइलर कुखुरा भनेको के हो ?

मासु उत्पादनको लागि ६–८ हप्ता अवधि सम्म पालिने वर्णशंकर (ज्थदचष्म) कुखुरालाई व्रोइलर कुखुरा भनिन्छ ।

६–८ हप्तार (दुई महिना) मा व्रोइलर कुखुराको मासु खानयोग्य हुन्छ त ?

हाईव्रिड व्रोइलर कुखुरा ६ देखि ८ हप्ता भित्र २ के.जी.भन्दा बढी तौलको बन्छ, जुन मासु खानको लागि उत्तम मानिन्छ ।

व्रोइलर कुखुरा पालनको लागि खोर व्यवस्थापन कस्तो हुनु पर्छ ?

खोर व्यवस्थापन ज्यादै महत्वपूर्ण हुन्छ । पूर्व पश्चिम फैलिने गरी ३० फिट चौडाई भएको भुई पक्का ढलान गरेको प्रशस्त हावा संचार हुने गरी, पानी भित्र नछिर्ने तथा चरा, मुसा पस्न नपाउने गरी खोर निर्माण गर्नु पर्छ ।

एकदिने चल्ला खोरमा भित्र राख्नु भन्दा अगाडी के कस्तो तयारी गर्नुपर्छ ?

चल्ला राख्ने भन्दा १÷२ दिन अगाडी खोरको भुई भित्ता चुन पानीले सफा गर्नुपर्छ । भुईमा ओभानो भुस वा सोत्तर राखेर चल्ला ल्याउनु २–४ घण्टा अगावै कोठाको तापक्रम ९५ डि.फ. सम्म पुग्ने गरी खोरलाई न्यानो बनाई राख्नु पर्छ ।

के सधै ९५ डि.फ. (३५ डि.से.) तापक्रम कुखुराको खोरमा बनाई राख्नु पर्छ ?

होईन, पहिलो हप्ता साना चल्लालाई बढी तातो चाहिने हुँदा ९५ डि फरेनहाइट तापक्रम राम्रो हुन्छ, दोश्रो हप्तामा ९० डि.फ., तेश्रोमा ८५ डि.फ. (२१ डि.से.), पाचौ हप्ता देखि सधै ७५ डि.फ. तापक्रम बनाई खोर न्यानो राख्नु पर्छ ।

खोरको तापक्रम मिलाउन कस्तो हिटीङ्ग सिस्टम प्रयोग गर्नु पर्छ ?

खोरमा तापक्रम व्यवस्थापनको लागि भुसबाट चल्ने हिटीङ्ग (भकारी) सिस्टम सजिलो खाले प्रचलनमा छ । एउटा भकारी हिटीङ्गले ५००—१००० चल्लालाई तातो पुग्दछ ।

दाना पानीको व्यवस्था कसरी गर्ने ?

स्वच्छ, सफा, पिउने पानी प्रशस्त उपलव्ध गराउनु पर्छ । हाल गुणस्तरीय पेलेट दानाको व्यापक प्रयोग हुने गरेको छ । दाना कम खेर जाने तथा आवश्यक भिटामिन मिनरल मिलाएको पेलेट दाना दिनु राम्रो हुन्छ ।

स्वच्छ पानी भन्नाले निर्मलिकरण गरेको पानी भन्ने बुझिन्छ हो ?

हो, पानीबाट धेरै रोगहरु सर्छ । अतः निर्मलीकरण गरेको पानी दिनु राम्रो हुन्छ । १००० लि. पानीमा ५ ग्राम ब्लिचिङ्ग पाउडर मिलाएर दिदा राम्रो हुन्छ ।

खोरमा उज्यालोको के महत्व हुन्छ ?

व्रोइलर चल्लाले २४ घण्टा नै राम्रो दाना र स्वच्छ पानी पिएर तिव्ररुपमा शारिरीक वृद्धि र विकास भई मासु बढ्ने हो। अतः खोरमा २४ सै घण्टा उज्यालो हुने गरी बत्तिको व्यवस्था मिलाउनु पर्छ ।

व्रोइलर कुखुराको बजार व्यवस्थापन कसरी मिलाउने ?

व्रोइलर कुखुरा ४५ दिनबाट ६० दिन भित्र बेची सक्नुपर्छ । अतः कोल्डस्टोर संचालक दाना तथा चल्ला व्यवसायीसँग मिलेर ६० दिन भन्दा बढी चल्ला पाल्नु नपर्ने वातावरण मिलाउनु अति आवश्यक हुन्छ । ६० दिन भन्दा बढी पाल्दा दाना खर्च बढ्ने र चल्लाको तौल अनुपातमा नबढ्ने हुन्छ ।

कुखुरा पालन कति प्रकारका हुन्छन् ?

खासमा कुखुरा फुल (अण्डा) उत्पादन (लेएर), मासु उत्पादन (व्रोइलर) तथा दुवैको लागि (मासु तथा अण्डा) उत्पादनको लागि पालिन्छ । केही देशमा मनोरंजन तथा खेल खेलाउने उद्देश्यले पनि कुखुरापालन गरिन्छ ।

स्थानीय कुखुरापालन व्यवसायिक दृष्टिले कस्तो हुन्छ ?

ठूलो मात्रामा स्थानीय कुखुरापालन एउटा राम्रो व्यवसाय हुनसक्छ । तिख्र मासुको स्वाद तथा अर्गानिक अण्डाको राम्रो बजार भएकोले स्थानीय कुखुरापालन सफल व्यवसाय हुनसक्छ ।

अण्डा÷फुल उत्पादनको लागि पालिने लेएर कुखुराका प्रमुख जातहरु के के हुन ?

अण्डा उत्पादनको लागि पालिने प्रमुख चल्लाहरु हाईलाइन व्राउन, रोज व्राउन, नोभाजेन, हाईसेक्स व्राउन आदि हुन् ।

मासुका लागि पालिने व्रोइलर चल्लाको प्रमुख जातहरु के के हुन ?

छिटो बढ्ने र धेरै मासु लाग्ने चल्लाहरु हुन् कव, भेनकव, मार्सल, हववर्ड आदि हुन् । कव ५०० र कव ४०० लोकप्रिय चल्लाको जात हो।

स्थानीय कुखुरा, व्रोइलर तथा लेयर कुखुरामा मुख्य फरक के हो ?

व्रोइलर छिटो बढ्छ नरम मासु हुन । लेयर कुखुराले वर्षमा ३०० भन्दा बढी अण्डा दिन्छ भने स्थानीय कुखुराले ढिलो बढ्छ वार्षिक ५०–६० अण्डा मात्र दिन्छ । तर मासुको स्वाद धेरैले मनपराउछन्।

एकदिने चल्लालाई कति समय पछि दाना पानी दिनु पर्छ ?

२४ देखि ४८ घण्टा पछि पानी र दाना उपलव्ध गराउनु राम्रो हुन्छ । सानो चल्लाले १० फिट भन्दा बढी टाढा जान नपर्ने गरी पानी र दानाको भाडो मिलाएर राख्नु पर्छ ।

फुल पार्ने कुखुरा (लेयर) राखेको खोरमा गुडं बनाउनु पर्छ ?

कुखुराले फुल पार्ने समय हुनु भन्दा एक महिना अगाडीबाटै नरम, सुख्खा सोतर हालेर गुंड बनाई दिनु पर्छ । गुंड जमिन सतह भन्दा १—१.५ फिट माथि राखि दिनु पर्छ ।

स्थानीय कुखुरा साकिनीलाई वंश सुधार गरी विकास गर्न सकिन्छ ?

सकिन्छ, उन्नत जातको भाले (ककरेल) स्थानीय पोथीहरुमा लगाई त्यस्तो पोथीबाट आउने चल्लाहरु क्रश हुने हुन्छ र छिटो बढ्ने, धेरै फुल पार्ने हुन्छ ।

कस्ता जातका विकासे ककरेलहरु स्थानीय पोथीमा लगाउन राम्रो हुन्छ ?

न्यू हेम्पसायर, रोडआईलेण्ड रेड जातमा भालेहरु गाउँमा लगेर स्थानीय पोथीहरुसँग क्रस गराउन सकिन्छ ।

फुल पार्ने कुखुराको खोर छानोमा पराल हालेको देखिन्छ किन होल ?

फुल पार्ने कुखुराको लागि ७५ डि.फ. वा २१ डि.से. भन्दा बढी तातो राम्रो हुदैन । त्यसैलाई रोक्न पराल जस्ताको छानामा राखिने गरिन्छ । रुख, विरुवा रोप्ने, पर्दा हालि दिने गरेर गर्मी समयमा खोर धेरै तातो हुनबाट बचाउन सकिन्छ ।

गर्मी मौसममा फुल पार्ने कुखुराको व्यवस्थापन कसरी गर्ने ?

गर्मी मौसममा फुल पार्ने कुखुरालाई पानीको मात्रा बढाएर दिनु पर्छ । दाना खपत पनि घट्ने हुँदा राम्रो गुणस्तरको दाना दिनु पर्छ । खोर भित्रको तापक्रम ७५ डि.फ. राख्ने व्यवस्था गर्नु पर्छ ।

फुल पार्ने खोरका कुखुराले अचानक फुल उत्पादन घटाएमा दाना तथा पानी खपत कम भएमा के गर्ने ?

त्यस्तो बेलामा तत्काल प्राविधिक सल्लाह लिने र कुखुरा मरेको छ भने भेटनरी हस्पिटलमा लगेर जचाई आवश्यक कदम उठाउनु पर्छ ।

कुखुरालाई हरियो सागपात र हरियो घाँस पनि दिन सकिन्छ ?

हरियो सागपात र घाँसबाट (मिनरल) खनिजतत्व एवं भिटामिन मिल्ने हुँदा ५ प्रतिशत हरियो घाँस दिन सकिन्छ । तर आधुनिक फिड कम्पनीले तयार गरेको पेलेट दाना दिने खोरमा यसको आवश्यकता पर्दैन ।

कुखुराको दाना तयार गर्न आवश्यक पर्ने कच्चा पदार्थहरु के के हुन् ?

दाना तयार गर्न चाहिने कच्चा पदार्थहरु हुन्—मकै, गहुँ, जौ, गहुँको चोकर ढुटो, तोरी वा बदाम वा भटमासको पिना, माछाको सिद्राको धूलो, हाडको धूलो आदि ।

कुखुराको दाना नम्बर १, २ भन्छन् के हो त्यस्तो ?

कुखुराको उमेर अनुसार दानामा हुने पोषकतत्वमा केही फरक पारेर दिनु पर्ने हुँदा दानाको नम्बर १, २ भनेर छुट्याईएको हुन्छ । स्टारटर दाना, ग्रोअर दाना र लेएर्स दाना भनेर पनि भिन्नता गरेको पाईन्छ ।

गाउ÷घरमा के हामी आफैले कुखुराको दाना बनाउन सक्छौं ?

सबै कच्चा पदार्थहरु जुटाएर चाहिने पोषक तत्वको हिसाब गरी सबै कच्चा पदार्थ मिलाएर दाना बनाउन सकिन्छ । यो धेरै चलेको विधी हो।

पेलेट दाना भनेको के हो नि ?

पेलेट दाना पनि कुखुरालाई चाहिने पोषक तत्वहरुको मात्रा मिलाएर बनाएको कम्पनी दाना हो । यो अन्य धूलो दाना नभएर गेडा जस्तो भएको हुन्छ । जस्ले गर्दा दानाखेर जाने कम हुन्छ र भण्डारन पनि सजिलो हुन्छ ।

फुल पार्ने कुखुरालाई स—साना ढुंगाको टुक्रा (ग्रिट) र सिपीका टुक्रा दिनु पर्छ भन्छन् के हो ?

फुल पार्ने कुखुरालाई क्याल्सियमको मात्रा बढी चाहिने हुन्छ । कुखुरामा दानाको पांचन राम्रो होस भन्नका लागि स–साना ढुंगाको टुक्रा, दानासँग वा खोरमा छुट्टै भाडामा राखेर दिन सकिन्छ ।

आधुनिक ढंगले ठूलो स्केलमा कुखुरापालन गर्दा बायो सेकुरिटीको व्यवस्था कसरी गर्ने ?

बायोसेकुरिटीको ठूलो महत्व हुन्छ । जुन साधारणतया बुझिदैन । पोल्ट्री फार्म भित्र आगन्तुकको कडाईका साथ नियन्त्रण गर्ने, रेकर्ड राख्ने, मुख्य प्रवेश द्वारमा मानिस तथा गाडीको चक्कामा भिर्कोन वा चुना वा फिनाइल वा अन्य एण्डिसेप्टिक छर्ने व्यवस्था गर्नु पर्छ ।

जीवाणु बाट कुखुरामा लाग्ने प्रमुख रोग के के हुन् ?

साल्मोनेनल्ला, फौलकलेरा, ईकोलाई प्रमुख जीवाणुबाट हुने रोग हो।

विषाणु बाट हुने प्रमुख रोगहरु के के हुन् ?

विषाणु बाट हुने प्रमुख रोगहरु के के हुन् ?

परजीवीबाट लाग्ने प्रमुख रोग हरु के के हुन् ?

आन्तरिक परजीवी मा गोलोजुका, फित्तेजुका, एवं बाह्य परजीवी मा सुलसुले, उपिया, जुम्रा आदि हुन् ।

के बर्डफ्लू र एभिएनइन्फ्लुएन्जा एउटै हो ?

विभिन्न चरा प्रजाति हाँस, कुखुरा आदिमा व्यापक असर पार्ने विषाणुबाट लाग्ने रोग एभिएनइन्फ्लुएन्जा वा बर्डफ्लू एउटै रोग हो।

एभिएनइन्फ्लुएन्जाको खोप नेपालमा उपलव्ध छ ?

नेपालमा ब्क्ष् को खोप उपलव्ध छैन र सरकारले हालसम्म यो खोप लगाउने नीति पनि लिएको छैन ।

बर्डफ्लू रोग देश भित्र देखा परेमा कसरी नियन्त्रण गरिन्छ ?

कुखुरामा रोग लागेको प्रयोगशाला प्रमाणित भएमा रोगी कुखुरा भएको खोरका सबै कुखुरा एकै चोटी मार्ने र सारा खोर डिस्इन्फेक्शन गर्ने विधी जस्लाई स्टयाम्पिङ्ग आउट भनिन्छ, त्यो विधी अपनाईएको छ ।

अण्डा, कुखुराको मासु, मल आदि त्यस्तो रोग फैलिएको बेलामा के गरिन्छ ?

बर्डफ्लू लागेको प्रमाणित भएमा रोग लागेको कुखुराको खोर एवं ३ कि.मि. क्षेत्र भित्रको सबै कुखुरा नष्ट गरी मासु, फुल, मल समेत नष्ट गरिन्छ ।

के त्यसो गर्दा किसान÷व्यवसायीलाई मर्का पर्दैन ?

वर्डफ्लू नियन्त्रण नीति अनुसार मारेको कुखुरा एवं नष्ट गरेको फुल, मल, मासु र अन्य पदार्थको क्षतिपूर्ति सरकारले प्रदान गर्दछ ।

वर्डफ्लू रोग मानिसमा पनि सर्न सक्छ ?

कुखुरापालन व्यवसायमा लागेका मानिसहरुमा यो रोग सर्न सक्छ र अन्य राष्ट्रमा (नेपालमा होईन) केही मानिसको यो रोगबाट मुत्यु भएको प्रमाणित भएको छ ।

कुखुरा फार्ममा अन्य रोग लाग्नबाट बचावट गर्न के कस्ता खोप लगाउनु पर्छ ?

रानीखेत, विफर, गम्बरो, मेरेक्स जस्ता रोग विरुद्ध चल्ला देखि नै रुटिन अनुसार खोप नियमित रुपमा लगाएर रोगबाट बचावट गर्न सकिन्छ ।

कुखुराको रोग विरुद्ध खोप लगाउने तालीका कस्तो हुन्छ ?

व्रोइलर तथा लेएर चल्लामा भिन्दा भिन्दै निम्नतालिका अनुसार खोप लगाउनु पर्छ ।

 

व्रोइलर चल्लामा खोप लगाउने तालिकाः

चल्लाको उमेर खोप लगाउने तरिका

  • १ दिने चल्ला रानीखेत एफ–१ नाक, आँखामा
  • १४ दिने चल्ला गम्बरो इन्टमिडिएर (जीवित) नाक, आँखामा
  • २१ दिने चल्ला रानीखेत (लासोटा) पानीमा
  • २८ दिने चल्ला गम्बरो इन्टमिडिएर (जीवित) पानीमा

फुलपार्ने कुखुरामा खोप लगाउने तालीकाः

चल्लाको उमेर खोप लगाउने तरिका

  • १ दिनमा म्यारेक भ्याक्सिन (ह्याचरीले नै दिने गरेको) छाला भित्र सुई
  • ७ दिनमा रानीखेत एफ–१ नाक÷आँखा
  • १४ दिनमा गम्बरो इन्टमिडिएर (जीवित) नाक÷आँखा
  • २१ दिनमा रानीखेत एफ–१ नाक÷आँखा
  • २८ दिनमा गम्बरो इन्टमिडिएर (जीवित) नाक÷आँखा
  • ३५ दिनमा आई.वि.एम. (जीवित) नाक÷आँखा
  • ४२ दिनमा फावल पक्स (जीवित) प्वाँखहरुको प्वालमा
  • ५० दिनमा रानीखेत एफ–१ लासोटा पानीमा
  • ६५ दिनमा आर. २ वि.÷एफ स्ट्रेन पानी÷मासुमा सुई दिने
  • ८५ दिनमा आर. २ वि.÷एफ स्ट्रेन पानी÷मासुमा सुई दिने
  • १०० दिनमा ई.डि.एस. ७६ पानी÷मासुमा सुई दिने
रानीखेत रोगको प्रमुख लक्षण के के हो ?

श्वास–प्रश्वासमा कठिनाई, खोक्ने, छिउ गर्ने, मुखबाट चिप्लो तरल पदार्थ बगाउने, टाउको र गर्दन मोड्ने, घुम्नेमृत्यु दर बढी हुने।

रानीखेत रोग लागेमा के उपचार हुन्छ ?

रोग लागेको कुखुरालाई छुट्टै राख्ने, मरेकालाई जलाउने र अन्य स्वस्थ चल्लामा रानीखेत एफ स्ट्रेन खोप लगाउने।

कुखुरामा विफर (ँयध िएयह) रोग लागेमा के उपचार प्रविधि अपनाउने ?

घाउहरुलाई एण्टीसेप्टिक सोलुसनले सफागर्ने र रोगीलाई छुट्टै राख्ने । मुख भित्र झिल्ली बनेको छ भने हटाउने÷एण्टीवायोटिक औषधी पानीमा दिने।

कुखुराको विफरको लक्षण कस्तो हुन्छ ?

विरामी कुखुराको शिउर, कानको लोती, आँखाको डिल र खुट्टाहरुमा पनि साना फोका, पिप्रा घाउ देखिन्छ । आँखा सुनिन्छ, केही अन्धो पनि हुन्छ ।

म्यारेक्स रोग लाग्दा कुखुरामा कस्तो लक्षण देखिन्छ ?

रोगी चल्लाको खुट्टा र पखेटामा पक्षघात हुन्छ । पखेटा लतारेर घिस्रिएर हिड्ने गर्छ एवं घाटी बटार्ने गर्छ ।

 

म्यारेक्सस रोगको उपचार के हुन्छ ?

खास उपचार भनेको पहिलो दिनमा खोप लगाउने हो।

साल्मोनेल्ला पुलोरम रोगमा कस्तो लक्षण देखा पर्दछ ?

२–३ हप्ताको चल्ला धेरै मर्ने सेतो पातलो सुली गर्ने एकै ठाउँमा चल्लाहरु खादिएर बस्ने, मलद्वारमा सेतो सुली टासिएको देखिन्छ । ठूला कुखुराले छेर्ने, सिउर फुस्रो देखिने हुन्छ । रोगी कुखुराको अण्डाबाट यो रोग चल्लामा पनि सर्छ ।

पुलोरमको उपचार कसरी गर्न सकिन्छ ?

रोग लागेको बथानमा नाइट्रो फुराजोन, सल्फोनामाइड समूहमा औषधीहरु खान दिनु पर्छ । अन्य समूहको एण्टीवायोटिक पनि लाभदायी हुन्छ ।

सि.आर.डि. (स्वास प्रस्वास नलिको रोग) लाग्दा कस्तो लक्षण देखिन्छ ?

श्वास–प्रश्वासमा कठिनाई हुँदा खोरमा घ्यार घ्यार को आवाज आउँछ । नाक र आँखाबाट पातलो पानी बगाउँछरातको समयमा बढी खोकेको सुनिन्छ । चल्लाहरुमा बढी असर गर्दछ । यो रोग रोगी माउको अण्डाबाट चल्लामा पनि आउँछ ।

सि.आर.डि.को उपचार कसरी गर्न सकिन्छ ?

व्रोड स्पेकट्रम एण्टीबायोटिकहरु पानीमा दिन सकिन्छ । जस्तै टाइलोसिन, इरिथ्रोमासिन होष्टासाइक्लिन, फुरल्डोनफ्यूरासोल आदि ।

कक्सीडियोसिस रोग लाग्दा कस्तो लक्षण देखिन्छ ?

साना चल्लाले रगत मिसिएको छेर्ने, धेरै चल्ला फोहर र अस्वस्थ्य हुने, मृत्यु दर पनि बढी देखिने हुन्छ । ठूला कुखुरामा अण्डा उत्पादन घट्ने, सिउर फुस्रो देखिने हुन्छ ।

कक्सीडियोसिसको उपचार कस्तो हुन्छ ?

यो रोग लाग्न नदिन दानामा नै औषधी मिलाएर दिईन्छ । रोग लागेको बथानमा रोकथाम गर्न कडरनिलवाइफुसन, फ्युरासोल, एम्प्रोलिएम जस्ता औषधी पानीमा मिलाएर दिनु पर्छ ।

गिरीराज कुखुरापालन ग्रामीण क्षेत्रमा राम्रो हुन्छ भन्छन् – कस्तो जातको कुखुरा हो त्यो ?

गिरीराज जातको कुखुरा ग्रामिण कुखुरापालनमा लोकप्रिय हुदैछ ।

  •  यो जातको कुखुरा छिटो बढ्छ ।
  •  अण्डा उत्पादन र मासु दुवैका लागि राम्रो मानिन्छ ।
  •  वर्षमा १५० भन्दा बढी अण्डा दिन्छ भने ४ देखि ५ महिनामा ५ के.जी. भन्दा बढी तौलको हुन्छ ।
गिरीराज कुखुराको लागि दाना छुट्टै हुन्छ की के हो ?

अन्य ग्रामिण कुखुरालाई जस्तै घरगाउमा कुखुराका लागि दिने मकै, गहुँ, कोदो र अन्य भान्साबाट फालिने वस्तुहरु पनि दानाको रुपमा प्रयोग हुने गर्दछ । व्यवस्थित र ठूलो फार्महरुको लागि उन्नत दाना दिनु फाईदा जनक हुन्छ ।

गिरीराज कुखुराको चल्ला कहाँबाट पाउन सकिन्छ ?

तरहरा पशु विकास फार्म सुनसरी लगाएत सरकारी कुखुरा विकास फार्महरु खुमलटार, पोखरा, नेपालगन्जबाट पाउन सकिन्छ ।नीजि कुखुरा फार्मबाट पनि यो जातको चल्ला पाउन सकिन्छ सो वारे सम्बन्धित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा पुश सेवा केन्द्रमा सम्पर्क कार्यालयमा राख्नु पर्दछ ।

नेपालमा पालिने स्थानीय बाख्राको प्रमुख जातहरु के के हुन् ?

नेपालको स्थानिय बाख्रामा – पाहाडी क्षेत्रमा खरी बाख्रा, हिमाली क्षेत्रमा च्याङग्रा, सिन्हाल प्रमुख हुन्। तराइको क्षेत्रमा तराई बाख्रा प्रचलित छ ।